|

काठमाडौं : एस डि योगी र  रेश्मा पुनको आवाजमा रहेको नयाँ गीत 'चन्द्रमा' सार्वजनिक भएको छ। गीतमा सुस्मा सिग्देलको शब्द रहेको छ।

चिनिया फिल्म 'द रोड होम'लाई ट्रीब्युट दिँदै  सार्वजनिक भएको उक्त गीतमा मल्लिका महत, सबीन कार्की (विष्ट)को अभिनय रहेको छ। उक्त गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ भने  सुशान्त गौतमको  संगीत रहेको छ।

सुटिङ गर्न गाउँ घरको लोकेशनमा जाने कलाकार, सुटिङ युनिट बीचमा घट्ने परिघटनालाई जोडिएको छ। यतिमात्र होइन सुटिङ हेर्न आउने गाउँघरका स्थानीयबासी, केटा केटीहरूको रमाइलो किस्सालाई जोडेर बुनिएको पटकथालाई गीतमार्फत देखाउन खोजिएको छ।

यसको निर्देशन नबिन चौहानले गरेका छन्। भिडियोलाई योगेश दाहालको छायांकन, कृष्ण भण्डारीको सम्पादन एवं रंग संयोजन रहेको छ।

गीतलाई आर्टमाण्डुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। आर्टमाण्डुले यसअघि देखेर तिमीलाई,तीनपाते, के माया लाग्छ र? जस्ता चर्चित गीतहरू च्यानलमार्फत सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.