|
Photo : Getty Image

काठमाडौं : पोर्चुगिच स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगको छन। रोनाल्डोलाई साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्धन गरेको हो।

अल नासरले ३७ वर्षीय रोनाल्डोलाई आज औपचारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिइएको । त्यसअघि रोनाल्डोको मेडिकल जाँच हुनेछ। अल नासरले विज्ञप्ति जारी गर्दै रोनाल्डो र क्लब बीच सन् २०२५ सम्मका लागि सम्झौता भएको बताएको थियो। तर कति रकममा भित्राइएको हो भन्नेबारे अहिलेसम्म क्लबले खुलाएको छैन।  उनी २ सय मिलियन युरोभन्दा माथिको रकममा अल नासर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पाँच पटकका बालोन डिुओर विजेता रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका हुन्।​ युनाइटेड र प्रशिक्षक एरिक टेन हाखबारे आलोचनात्मक टिप्पणी गर्दै टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि रोनाल्डो आलोचित बनेका थिए। त्यसपछि क्लब र रोनाल्डोबीच सहमतिमा सम्झौता भंग भएको थियो।

नौ पटकको साउदी प्रो लिग विजेता अल नासरले रोनाल्डोको आगमनले अर्को घरेलु लिग र पहिलो एएफसी एसीयन च्याम्पियनसिप उपाधि जित्ने अपेक्षा गरेको छ।

गत अप्रिलमा प्रिमियर लिगअन्तर्गत एभर्टनविरुद्धको खेलका क्रममा रोनाल्डोले समर्थकमाथि फोन फालेका थिए। सोही कारण उनीमाथि दुई खेलको प्रतिबन्ध छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.