|

इलाम : प्रदेश १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। बोर्डले आज इटहरीमा कार्यक्रम आयोजना गरी प्रदेश १ बाट पदक विजेता ८६ खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो।

कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद १ लाख, रजत पदक विजेतालाई ७५ हजार र काँस्य पदक विजेतालाई ५० हजार सहित सम्मान गरिएको हो। यस्तै प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मानित खेलाडी र अफिसियललाई प्रोत्साहन रकम हस्तान्तरण गरे। सम्मान समारोहमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो मौसम, प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्ड सदस्यसचिव हंसराज वाग्ले लगायत सहभागी थिए।

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५३ काँस्य गरी ८६ पदकका साथ छैटौँ स्थान हासिल गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.