|

पर्वत : पोखरा गोल्डकपमा बुधबार विभागीय एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ।

गोल्डकपको २२ औँ संस्करण अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दिउँसो दुई बजे यी दुईबीच खेल हुन लागेको हो। 

‘डिफेन्डिङ च्याम्पियन’ एपीएफलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। २०६४ सालमा उपविजेता बनेको एपीएफ २०७८ सालमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै विजेता बनेको थियो।

गोल्डकपको हालसम्मको यात्रामा एक पटक मात्रै ‘च्याम्पियन’ को स्वाद चाखेको संकटाले पनि राम्रो प्रदर्शन गरिरहेको छ। क्वार्टर फाइनलमा चार पटकसम्म उपविजेता बनिसकेको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेर संकटाले सेमिफाइनल यात्रा तय गरेको हो। 

क्वार्टर फाइनलमा आर्मीले एक गोल गर्दा संकटाले तीन गोल गरेको थियो। ​संकटाले २०७७ सालमा भएको खेलको गोल्डकप आफ्नो पक्षमा पार्न सफल भएको थियो। त्यो वेला विदेशी पाहुना टोली अफ्रिकन रुट्स एसोसिएसनले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

सेमिफाइनलको दोस्रो खेल बिहीबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र विदेशी पाहुना टोली भुटनिज यूथ स्पोर्टस क्लब, मिन्नेसोटा अमेरिकाबीच हुनेछ। 

बुधबार र बिहीबारको खेलको विजेताको प्रतिस्पर्धा शनिबार यउपाधिका लागि हुनेछ। उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.