|

विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश भएको बताएका छन्।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले विषम परिस्थितिबीच आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। मन्त्री कार्कीले संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिका मार्गमा निरन्तर लागेको दाबी गरे। 

उनले २०७८ कात्तिकमा प्रदेश १ को तेस्रो सरकारमा सहभागी हुने अवसर पाएको बताउँदै उनले एकल बहुमतको सरकार नभई गठबन्धनको सरकार हुन बाध्य रहेको बताए।

पार्टीको घोषणापत्रअनुसारका कतिपय कार्यक्रम गर्ने अवस्था नभएको बताउँदै  उनले भने, ‘हामी गठबन्धनको मर्म, मूल्य र संस्कारलाई आत्मसात गर्दै संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिका मार्गमा निरन्तर क्रियाशील भइरह्यौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.