|

काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको बैठकले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गर्न सकेन। 

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय नगरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। तर, जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने बताएका थिए। 

प्रवक्ता खतिवडाले अध्यक्ष नेपालको भेट व्यक्तिगत भएको बताए। ‘उहाँ(नेपाल र प्रचण्ड)हरूको निजी भेट हो। पार्टी-पार्टीको भेट होइन। दुई अध्यक्षहरूले भेट गर्नुभएको छ। विश्वासको मतबारे हाम्रो पार्टीलाई औपचारिक निर्णय आएको छैन्,’ उनले भने। 

गत पुस १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६  गते विश्वासको मत लिने निर्णय गरेका छन्। 

एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने / नदिनेबारे पटक-पटक पार्टीका विभिन्न बैठकमा छलफल गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.