|

ललितपुर : भारतको आसाममा हुने पहिलो अन्तर्राष्ट्रिय खुल्ला क्योकुशिन कराते फुल कन्ट्याक्ट प्रतियोगितामा सहभागी हुन नेपाली टोली प्रस्थान गरेको छ।

गुवाहटीमा शनिबारदेखि २ दिन चल्ने प्रतियोगिताका लागि २१ खेलाडी, ब्रान्च चिफ, टिम म्यानेजर, टिम कोच, कोच र तीन पदाधिकारीसहित २८ जनाको टोली बिहीबार भारत प्रस्थान गरेको हो।

टोलीमा मनिष कार्की , विसन तामाङ, राज नन्दन दास, स्नेहा दास, आशा तामाङ, समीर शेख, सुदीप कुमार चौधरी, मन्सुर हुसेन, देवभक्त श्रेष्ठ, रामबहादुर राना मगर, असीम जिसी, भक्तबहादुर जिसी , सुदीप जिसी , विजय नगरकोटी , दीपेन्द्र नेपाली , प्रतिक श्रेष्ठ, अब्दुल्लाह सिद्दिकी , रोशन साह, रोस्तम सेख, कुशन सिवा खातुन, सरु नगरकोटी खेलाडी छन्।

गुवाहटीमा जाने  टोलीमा सिहान प्रेमनाथ श्रेष्ठ, टिम म्यानेजर गोविन्दलाल श्रेष्ठ, टिम कोच सञ्जीवकुमार  चौधरी र कोच वीरकृष्ण मर्हजन पनि छन्। पदाधिकारीका रूपमा रमेश तामाङ, सुनैना तामाङ र मदन श्रेष्ठ पनि गुवाहटी गएका छन्।

टोलीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाइ गरे। प्रतियोगितामा भारत, भुटान नेपाल लगायतका देशका खेलाडीको सहभागिता रहने अफिसीयल रमेश तामाङले बताए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.