|
प्रतीकात्मक स्केच

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । 

नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । 

सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दैनिक  धर्ना दिँदैआएका छन् । 

नगरपालिकाको लापरवाहीका कारण पठनपाठन ठप्प भएको विद्यार्थी राजेश ठाकुरले बताए। नगरपालिकास्तरीय आयोजना सञ्चालनका लागि उपभोक्ता समितिको गठन गर्दा कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था छ।

यसलाई २०७६ सालमा  संशोधन गरी ‘वडास्तरीय योजनाबाहेक अन्य आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा नगरप्रमुखले तोकेको कार्यपालिका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था गरिएको छ। उपप्रमुखसहितका बहुमत वडाध्यक्षले विरोध गर्दै २०७४ सालको पुरानै ऐन कार्यान्वयन वा संशोधन गरिएको बुँदा खारेजको माग गर्दै आएको छ।

विद्यालय लगातार रूपमा बन्द भएका कारणले नगरपालिकाले सञ्चालन गर्ने अर्द्ध वार्षिक परीक्षा प्रभावित हुनुका साथै एसईईका विद्यार्थीलाई परीक्षा फारम भर्नेसहितका अन्य कामकाज गर्नमा समस्या भएको र यसले विद्यार्थीको भविष्य अन्योलमा परिरहेको नगराइन नगरपालिका–७ का वडाध्यक्ष सूर्यनारायण साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.