|

काठमाडौं : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशपतिशम्शेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

संसद्‌को पहिलो बैठकका लागि एजेण्डा तय गर्न ज्येष्ठ सदस्य जबराले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सुरु भएको हो।

बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलहरू तथथा स्वतन्त्र सांसदहरू समेतलाई बोलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। 

बैठकले प्रतिनिधिसभाको अन्तरिम नियमावली, दलहरुको सिट व्यवस्थापन, दलका नेताको बोल्ने क्रमलगायतका एजेण्डा तय गर्नेछ।  गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य जबराले गत ७ गते शपथ गराएका थिए। 

 संसद्को पहिलो बैठक पुस २५ गते बस्दै छ। पुस २६ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.