|

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। बैठक शनिबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

पुस २५ गते संसद् अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले आज आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो। 

बैठकमा संसदमा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने वा नदिनेलगायत विविध विषयमा छलफल हुनेछ। गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ प्रारम्भ हुँदैछ । 

प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ। संसदको सबैभन्दा ठूलो दल भए पनि नेतृत्वले गठबन्धन जोगाउन नसक्दा संघ र प्रदेशमा प्रतिपक्षमा पुगेको सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ।

यस्तै कांग्रेसले पुस २८ गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.