काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको पार्टीको सचिवालयले बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
शर्तसहित सरकारलाई विश्वासको मत दिने निर्णय भएको उनले बताए। ‘हाम्रो छलफलले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ। अहिले विश्वासको मत दिन्छ। हाम्रा एजेण्डाहरु राखिनेछन्’ उनले भने, ‘ती एजेण्डा पूरा नगरे कुनै पनि वेला त्यहाँबाट फर्किनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।’
मंगलबार नै पार्टीको संसदीय दलको बैठक बस्दैछ। बैठकमा सचिवालय बैठकको निर्णयानुसार दलका नेतालाई निर्देशन दिने तथा ह्वीप जारी गर्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिसभामा पार्टीका १० सदस्य छन्।
प्रधानमन्त्री दाहाले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।