|

काठमाडौं : आगामी माघ १ गते यलम्बर दिवस मनाइने भएको छ। पूर्वमन्त्री गोपाल किरातीका अनुसार यलम्बर दिवससँगै किरात देश जागरण कार्यक्रम पनि सञ्चालन हुनेछ।

कार्यक्रम कोटेश्वर बालकुमारीस्थित सुनुवार सेवा समाजको कार्यालयमा बिहान ९ बजे सुरू भएर ११ बजे समापन हुने छ।

‘पहिचानसहितको प्रदेश नामकरणका लागि पहिचानवादी राई, लिम्बूलगायतले विराटनगरमा ठूलो जन प्रदर्शन गरे। तर त्यसलाई राज्यले सुनेन’,मन्त्री किरातीले भने, ‘अब त्यसको प्रतिवादमा देश जागरण भन्नुपर्ने अवस्था सिर्जना भयो। अब प्रत्येक वर्षको माघ १ गते यलम्बर दिवस मनाउने याेजना छ।’ 

उनका अनुसार आगामी माघ १ गते ‘यलम्बर दिवस तथा किरात देश जागरण’ कार्यक्रम मनाउने र दिवसबारे थप छलफल गरेर निष्कर्ष निकालिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.