|

काठमाडौं : विराट कोहलीले शतकीय पारीमा भारतले पाहुना टोली श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६७ रनको जित हात पारेको छ। 

गुहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय ७३ रन बनायो। ओपनरद्वय रोहित शर्मा र सुभम गिलले एक सय ४३ रनको साझेदारी गरी टिमलाई शानदार सुरुवात दिलाएका थिए। 

कप्तानसमेत रहेका रोहितले ८३ रनको पारी खेले भने सुभमले ७० रन बनाए। त्यसपछि मैदानमा प्रवेश गरेका कोहलीले ८७ बलमा एक सय १३ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय फम्यार्टमा लगातार दोस्रो शतक हो भने करियरको ७३ औँ शतक हो। 

३४ वर्षीय कोहलीले यसअघि गत डिसेम्बरमा बंगलादेशविरुद्धको एकदिवसीय खेलमा शतक प्रहार गरेका थिए। बंगलादेशका काशुन राजिथाले तीन विकेट लिए। 

जवाफी व्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय तीन रन बनायो। पाथुम निसान्काले ७२ रनको अर्धशतकीय पारी खेल्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। कप्तान दासुन सानाकाले ८८ बलमा एक सय ८ रनको शतकीय पारी खेले। तर अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। 

भारतका उम्रान मल्लिकले तीन, मोहम्मद सिराजले दुई विकेट हात पारे।  जितपछि भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। दोस्रो खेल बिहीबार हुनेछ। 

भारतले यस अघि तीन खेलको टी–ट्वान्टी सिरिज २–१ ले जितिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.