|

बैतडी : प्रथम नेपाल– इण्डो खुला टी- २० क्रिकेट प्रतियोगिता बुधबार शुरु हुँदैछ। पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ। 

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार र उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।

यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार ५००य, बेस्ट बलरलाई नगद एक हजार ५, बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । 

दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग चरणमा खेलाइनेछन् । 
सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरेको अध्यक्ष चन्दले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.