|

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। रावललाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदले समर्थन गरेका छन्।

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो। पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमतिअनुसार उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले समर्थन गरेको बताए।

मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन भए पुग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.