|

काठमाडौं : सिभिल बैंक लिमिटेडको बाह्रौंवार्षिक साधारण सभा मिति सम्पन्न भएको छ।

कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा सम्पन्न भएको हो। उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५.५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६५ नगद लाभांश वितरण गर्न  सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ।

साथै सभाले आव २०७९-८० को लेखापरीक्षण गर्नको लागि “एसराई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गरेको छ।

साथै सिभिल बैंकलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति एक्विजिशन गर्ने सन्दर्भमा सो बैंकको१०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात ९१०० ८०.२८० कायम गरी प्राप्ति एक्विजिशन कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

करिब ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा१०२ एटिएममार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर् भन्दा बढी कर्जा लगानी गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.