|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ।

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली अपरान्ह ४ बजे बालुवाटार पुगेका हुन्। दुई नेताबीच डेढ घण्टादेखि छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ।

बिहीबार सत्ता साझेदार दलहरूको बैठक बस्ने भनिए पनि त्यसअघि प्रचण्ड र ओलीबीच मात्रै छलफल भइरहेको हो। यसअघि बुधबार बेलुकी ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए। 

दुई नेता बीचको भेट लम्बिएकाले बिहीबार बस्ने भनिएको सत्ता साझेदार दलको बैठक अन्योलमा परेको छ। 

प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरे पनि मन्त्रालय भागवण्डा मिलिसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.