|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पदभार सम्हालेपछि पहिलो निर्णयका रुपमा सुदूरपश्चिम प्रदेशको शासकीय प्रणालीमा सुधार गर्न कार्यदल गठन गरेका छन्।

प्रदेश प्रमुख देवराज जोशीबाट आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदभार सम्हालेका हुन्।

मुख्यमन्त्री रावलले आजै प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ समेत गरेका छन्।

सुदूरपश्चिम सरकारका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण, सहजीकरण र सुदृढीकरण गर्न कार्यदलले कार्ययोजना तयार पार्नेछ।

गठित कार्यदलमा सबै मन्त्रालयका सचिवहरू सदस्य रहेका छन्। कार्यदललाई एक साताभित्र प्रतिवेदन तयार पार्न निर्देशन मुख्यमन्त्री रावलले दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.