|

पाल्पा : श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती र आमालाई ज्यान मार्ने धम्की छोरालाई प्रहरीले पक्राउ गरेको छ। 

श्रीमानलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिने तानसेन–७, की प्रियङ्का थापालाई प्रहरीले पक्राउ गरेको हो।

प्रियङ्काले आफ्नै ३० वर्षका श्रीमान् शेरजङ्ग थापालाई गत २०७९ पुस १७ गते पेटमा चक्कु प्रहार गरी ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट श्रीमान् शेरजङ्ग गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

यसैगरी, धारिलो हतियार देखाएर आमालाई ज्यान मार्ने धम्की दिने रिव्दीकोट ३ का २४ वर्षीय हिराबहादुर दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ। दर्लामीले आमा चित्रकुमारीलाई धारिलो हतियार तरबार देखाएर काट्ने धम्की दिएको प्रहरीले जनाएको छ।

धम्की दिने छोरालाई पक्राउ गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.