|

काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा चिसो बढ्ने अनुमान गरिएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले यी दुई प्रदेशका पहाडी क्षेत्रमा शुक्रबार हल्का वर्षाको सम्भावना रहेकाले तापक्रममा गिरावट आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमसवद् विनु महर्जनका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको पनि सम्भावना छ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

देशका धेरै स्थानमा हिमपातका साथै तुँवालो लाग्दा र तापक्रममा उत्तारचढाव भइरहेको छ।  बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.