|

काठमाडौँ : भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शिला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ।

बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिकविधि अनुसार क्षमापूजा गरेका हुन्।

क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायत उपस्थित थिए।

क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधीश रामतपश्वेर दासमार्फत अयोध्याको रामलला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतीकस्वरूप तीन शालग्राम हस्तान्तरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.