|

 कपिलवस्तु : कपिलवस्तुमा आइतबार ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

वाणगंगा नगरपालिका ९ चौवामा आयोजित माघी मेलामा बेलुनमा ग्यास भर्ने क्रममा विस्फोट भएको बताइएको छ ।

मृत्यु हुनेमा वाणगंगा नगरपालिका ८ बस्ने ६५ वर्षीय नासिम मोहम्मद रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। नसिमले विगत लामो समय देखि बेलुन सम्बन्धी व्यवसाय गर्दै आएका थिए ।

सोमबारदेखि चलिरहेको मेलामा उनले बालबालिकाहरूको खेलौनाको रूपमा रहेको बेलुन ग्यास भरेर बेचिरहेका थिए । घटना भएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.