|

हेटौंडा : बागमती प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको छ।

प्रदेशसभाको सोमबार बसेको बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको हो। प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ५ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

अध्यादेश अस्वीकारसम्बन्धी प्रदेशसभामा निवेदन नपरेकोले सभामुख भुवनकुमार पाठकले अध्यादेश सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए।

मुख्यमन्त्री जमकट्टेलले सभामा पेश गरेको प्रदेश निजामती सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकाससम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश २०७९ सर्वसम्मतले स्वीकृत भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.