|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अधिकांश नयाँ सांसदले मन्त्री बन्ने अवसर पाएका छन्। गत पुस ११ गते शपथ लिएका प्रचण्ड नेतृत्वको सरकारमा १४ जना मन्त्री र ३ जना राज्यमन्त्री नयाँ छन्।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट सबैभन्दा बढी ८ मध्ये ६ जना नयाँ मन्त्री बनेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र ज्वाला कुमारी शाह यसअघि पनि मन्त्री भइसकेका हुन् भने डा. विमला राई पौडेल, पदम गिरी, हरि उप्रेती, दामोदर भण्डारी, राजेन्द्र राई र भगवती चौधरी पहिलो पटक मन्त्री भएका हुन्। 

प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाएको माओवादी केन्द्रमा दुई जना नयाँ अनुहार मन्त्री भएका छन्। माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, रेखा शर्मा यसअघि नै मन्त्री भइसकेका हुन् भने सुदन किराँती र अमनलाल मोदी पहिलो पटक मन्त्री बनेका हुन्।

सुशीला श्रीपाली पनि पहिलोपटक राज्यमन्त्री बनेकी हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना नयाँ अनुहार परेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन र ध्रुवबहादुर प्रधानले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्। दीपकबहादुर सिंह पनि पहिलोपटक राज्यमन्त्री बनेका हुन्। विक्रम पाण्डे यसअघि पनि मन्त्री भइसकेका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी नै नयाँ भएकाले यसका सबै मन्त्री नयाँ छन्। सभापति रवि लामिछानेदेखि शिशिर खनाल र डिपी अर्याल पहिलोपटक मन्त्री बनेका हुन्। यस्तै राज्यमन्त्रीमा डा. तोसिमा कार्की पनि पहिलोपटक राज्यमन्त्री बनेकी हुन्। जनमत पार्टीका अब्दुल खान पनि पहिलोपटक मन्त्री बनेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.