|

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकारले विवादास्पद अभिव्यक्ति दिएपछि राजीनामा दिएका छन्। 

सल्लाहकार ओलेक्सी अरेस्टोभिचले डिनिप्रोको एउटा भवनमा खसालेको रुसी क्षेप्यास्त्रलाई किभले खसालेको भन्दै ४४ जनाको मृत्यु भएको सुझाव दिएपछि राजीनामा दिन बाध्य भएका हुन्। उनले पछि माफी मागे र आफूले गल्ति गरेको समेत बताए। तर उनको टिप्पणीले देशमा व्यापक विरोध भएपछि उनले पदबाट राजीनामा दिन बाध्य भएका हुन्। 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अरेस्टोभिचको राजीनामाको निर्णयबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।  ​रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.