|

जनकपुरधाम  : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुई-तीन दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्।

बुधबार सभामुख र उपसभामुखको शपथग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूको प्रश्नमा आज विश्वासको मत लिएपछि आगामी दुई-तीन दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका हुन्।

मुख्यमन्त्री यादवले सबैदलसँग विश्वासको मत मागेकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषदमा सामेल गराउने जानकारी दिए।

मधेश प्रदेशमा विभिन्न १० वटा राजनीतिक दल र केही स्वतन्त्र सांसद रहेकोमा ८ दलको समर्थनमा जसपाको संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्। हाल मुख्यमन्त्री र तीनजना विना विभागीय मन्त्री छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.