|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुखमा आफ्नो दाबी नरहेको बताएकी छिन्। उनले क्लष्टर मिलाउन जनजाति महिलाकै आवश्यकता भए पनि आफूले दाबी नगर्ने बताइन्।

‘रास्वापामा उपसभामुख मा दाबी गर्नेमा मेरो नाम आएकोमा ध्यानाकर्षण भएको छ। उपसभामुखमा मेरो कुनै पनि किसिमको दाबी छैन,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘पार्टीले क्लस्टर मिलाउनु पर्ने भएर जनजाति महिलाकै आवश्यकता भए पनि मेरो दाबी रहने छैन।’

उनले आफू सांसद भएर नै आफ्नो योग्यता र ज्ञानलाई विधि निर्माण र पालनाका लागि अधिकतम प्रयोग गर्ने बताएकी छिन्।

उपसभामुखको निर्वाचन प्रक्रियाअन्तर्गत शुक्रबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ। सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ।

रास्वापामा उपसभामुख मा दाबी गर्नेमा मेरो नाम आएकोमा ध्यानाकर्षण भएको छ । उपसभामुखमा मेरो कुनै पनि किसिमको दाबी छैन । पार्टीले क्लस्टर मिलाउनु पर्ने भएर जनजाति महिलाकै आवश्यकता भएमा पनि मेरो दाबी रहने छैन । म सांसद भएर नै आफ्नो योग्यता र ज्ञानलाई विधि निर्माण र पालनाका लागि (1/2)

— Sumana (@SumanaShrestha) January 20, 2023

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.