|

सोलुखुम्बु : सोलुखुम्बुका २ वटा जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ।​

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ सिगानेस्थित वनमा ३ दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले जानकारी दिए।​

शनिवार बिहान ९ बजेबाट शुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आएको छैन।

यस्तै सोलुदुधकुण्ड नगरपालिका ५ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना क्षेत्रको रात्नागी सामुदायिक वन क्षेत्रमा आइतवारदेखि लागेको डढेलो पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.