|

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटर पुगेका छन्। 

प्रदेशमा मन्त्रीपरिषद् विस्तारमा सकस भइरहेको बेला मुख्यमन्त्री केन्द्रको निर्देशनका लागि काठमाडौं आएका हुन्। उनले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रदेशमा १२ मन्त्रालयबाट पाँचवटा खारेज गरेका अधिकारीले अब ७ मन्त्रालयमा कसकसलाई मन्त्री बनाउने भन्ने सकस देखिएको छ। उनीहरुबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 

यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले हिजो प्रधानमन्त्रीलाई भेटेका थिए। भेटमा आफूहरु प्रदेश मन्त्रालय घटाउन लागिपरेको प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.