|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन्।

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले सरुवा रोगसम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताइन। उनले हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवा रोग सम्बन्धी अस्पतालहरूको सेवा विस्तार हुन आवश्यक रहेको बताइन्।

‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। अब गाउँगाउँमा, पालिका, पालिकामा, नगरपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धी अस्पतालहरू हुन जरुरी छ’‚ उनले भनिन्।

उनले आउन सक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरू पालिकास्तरमा बनाउनुपर्नेमा जोड दिइन्।

उनले भनिन्‚ ‘यो हामीले बनाउन सक्नुपर्छ। त्यसका लागि विकेन्द्रीकरण कसरी गर्न सकिन्छ, शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रीकरण गर्न सकिन्छ ? त्यसका लागि हामी तत्पर रहनेछाैं। हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेन्डा बोकेर अघि आएका छौँ।’

राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरूले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.