|

पाल्पा  ः सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–४, केराबारीमा  भएको टिपर दुर्घटनामा चालक सरोज न्यौपानेको मृत्यु भएको छ। 

पाल्पाबाट बुटवल जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटनामा स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङगा राम्दीका २२ वर्षीय न्यौपानेको बिहीबार विहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

टिपर बुधबार राति १२ बजेतिर दुर्घटनामा परेको हो। रातिको समयमा खोजतलास गर्दा न्यौपाने नभेटिएपछि बिहान प्रहरीले तिनाउ खोला क्षेत्रमा खोजी गर्दा पानीमा डुबेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.