|

विराटनगर : संघीय मामिला तथा प्रशासनमन्त्री अमनलाल मोदीले आफ्नै कार्यकालमा संघीय निजामती कर्मचारी ऐन ल्याउने  प्रयास भएको बताएका छन्।

प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा आज (शुक्रबार) मन्त्री मोदीले  आफ्नै कार्यकालमा अर्थात  संघीय संसदको अधिवेशनबाट पारित हुने गरी २ महिनाभित्रै संघीय निजामती  ऐन संसदमा टेबल गर्ने  प्रयास रहेको बताएका हुन्।

संघीय निजामती ऐन आफ्नै कार्यकालमा ल्याउने भन्नुभयो यसमा कर्मचारीको हदम्याद कति तोकिन्छ? भन्ने प्रश्नमा उनले हदम्याद टुंगो लागि नसकेको बताए। उनले भने, ‘ यो विषयमा म छलफल र अध्ययनमा छु,  ५८, ६९, ६० मध्ये एउटा कुनै हुन्छ।’ उनले यो विषयमा सबै क्षेत्रसँगको छलफल र राजनीतिक दलहरुबीचको सुझाव लिएर समाधान गरिनेसमेत बताए।

‘मैले यो विषयमा प्रधानमन्त्री ज्यु साथै गृहमन्त्रीसँग पनि छलफल गरेको छु,’  उनले भने। संघीय निजामती ऐन ल्याउने विषय आफूले नेतृत्ग गरेको मन्त्रालयको प्राथमिकताको विषय रहेकाले त्यसका लागि पहिले आउन नसकेको कारण के हो र कहाँसम्म पुगेर अड्किएको छ? भनेर अध्ययनको क्रममा रहेको उनले बताए।

‘मेरो मन्त्रालयमा सबैभन्दा ठूलो समस्याको रुपमा  देखपरेको संघीय निजामती कर्मचारी सेवा ऐन ल्याउनुपर्ने छ, त्यो ऐन नै महत्वपूर्ण कुरा रहेको छ’ उनले भने, ‘त्यसको लागि पहिले ल्याउन नसकेको कारणहरु केके हुन्, कहाँसम्म पुग्यो यसको म अध्यनको क्रममा छु र केही कुरा छलफलको क्रममा छु।'

उनले  पछिल्लो समय स्थानीय तहका प्रशानमा देखिएको समस्याहरु  प्रशासननिक रुपमा सुधार  र सुशान कसरी ल्याउन सकिन्छ भन्ने  विषयमा आफू लागि परिरहेको बताए।

 उनले भने,‘त्यसअन्तर्गत सुशान कायम गर्नु  म आफ्नै मन्त्रालयबाट सुरु गर्नेछु।’ उनले कर्मचारीहरु समयमा आउने, नआउन अनुगमन  गर्ने बताउँदै  समयमा आउने वातावरण मिलाउनेसमेत बताए।

 आफू रहेको मन्त्रालय  चर्चामा रहेको बताउँदै उनले  बाहिर भ्रष्टचार विचौलिया बोकेर कर्मचारी सुरुवा बढुवा गरिरहेको भन्ने चर्चा   रहेको र  कर्मचारी सरुवा बढुवाको विषयमा कसैले घुस खुवाएको वा खाएका अवस्था आए कारबाही गर्ने पनि उनले बताए।

 उनले देशैभरी निमित्तको समस्या रहेको बताउँदै उनले भने,‘गाउँपालिकामा जानुपर्ने अधिकृत हुन्छ। नगरपालिकामा उपसचिव हुन्छ। महानगरपालिकामा सहसचिव हुन्छ तर, राजनीतिक दलको दबाब वा पावरसेन्टरका कारण निमित्त जाने चलन छ। यसलाई अन्त्य गर्ने भनेको छु।’ उनले आफूले  जहाँ जसको दरबन्दी र पद छ त्यहाँ त्यही जाने भन्ने सुरुवात गर्न खोजेको समेत प्रष्ट पारे।

उनले देशभरीको बरण्डामा बसेका, फाजिलमा बसेका सबै कर्मचारीको नाम लिष्ट लिइरहेको बताउदै सबै ठाउँमा कर्मचारी पुर्याउने आफ्नो  अभियान रहेको बताए।

उनले भने, ‘हाम्रै मन्त्रालयमै कोही ५ वर्ष कोही ७ बर्ष बसेका छन्। यसलाई हामीले सुधार गर्छौं। २ वर्षदेखि एउटै शाखामा रहेकालाई शाखा परिवर्तन गर्ने। ३ वर्षभन्दा माथि बसेका छन् भने अन्तै पठाउने। ४ वर्षभन्दा माथि एउटै ठाउँमा छन् भने उनीहरुलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने भन्ने विषयमा हामीले निर्णय  गरेका छौं। कार्यान्वयनको शिलशिलामा छौं।’

उनले आफू सांसद हुँदा पनि कुनै कर्मचारीलाई यहाँ सरुवा गर्नुपर्यो त्यहाँबाट हटाइदिनुपर्यो नभनेको बताउँदै अहिले ठूला नेताबाटै आफूलाई दबाब आइरहेको बताए।

उनले नेपालमा लोकसेवा पास गरिसकेपछि स्थायीको रुपमा कर्मचारी रहने परिपाटी  रहेको बताउदै उनले अमेरिकामा सरकार नयाँ आएपछि ५० प्रतिशत नयाँ कर्मचारी भर्ना गर्ने मोडल  रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.