|

जनकपुरधाम : इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार ६ जना थुनुवामध्ये थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ बस्ने २५ वर्षीय अमित मण्डल रहेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए। हिरासत कक्षबाटै थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेशन टोली खटाएर खोजतलास तीव्र पारेको छ।

उक्त टोलीले फरार थुनुवामध्ये मण्डललाई पक्राउ गर्न सफल भएको हो। मण्डलमाथि सार्वजनिक शान्तिविरुद्धको अपराध मुद्दा चलिरहेको छ।

यसअघि प्रहरीले सोमबार साँझ मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशन महतोलाई पक्राउ गरेको थियो। उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो।

फरार बाँकी ४ जनाको खोज तलास भइरहेको धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.