|

काठमाडौं : देशका अधिकांश भू–भागमा बिहीबार मौसम सामान्यतया सफा रहने अनुमान छ। काठमाडौं उपत्यकासहित धेरै ठाउँमा मौसम बिहानैदेखि सफा रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहने छ। तत्काललाई वर्षा र हिमपातको सम्भावना छैन। तराईका केही क्षेत्रमा बाक्लो हुस्सु, कुहिरो लागेको छ। 

बिहान काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.