|

धनकुटा : नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको छ। 

३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति निधन भएको हो। चौधरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारका स्टेसन म्यानेजर समेत थिए। 

उनको पिसाबमा संक्रमण देखिएपछि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको थियो। राति १ बजे उपचारकै क्रममा उनको निधन भएको पारिवारले जनाएको छ। 

उनको बिहीबार दिउँसो धनकुटाको मूलघाटमा अन्त्येष्टि हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए।  चौधरीका श्रीमती तथा एक छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.