काठमाडौं : लुम्बिनी प्रदेश सभाको बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री नियुक्त भएको करिब एक महिना हुन लाग्दासमेत सरकार विस्तार भएको छैन। गत पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
गिरीले २८ गते नियुक्त गरेका दुई मन्त्री पनि विनाविभागीय नै छन्। अहिले एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी विनाविभागीय मन्त्री छन्।
प्रदेशमा अब १० वटा मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ। यसअघि प्रदेश सरकारमा ४ राज्यमन्त्रीसहित १७ जना मन्त्री थिए। अब मुख्यमन्त्रीसहित १० जनामात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।