|

धनुषा : मधेश प्रदेशमा नवनियुक्त मन्त्री र राज्य मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वनमन्त्री नियुक्त सुनिता यादव र सोही मन्त्रालयको राज्य मन्त्रीमा नियुक्त रहबर अन्सारीलाई मंगलबार शपथ गराएका हुन्।

यादवले मैथिली भाषामा र राज्य मन्त्री अन्सारीले भोजपुरीमा शपथ लिए। राज्य मन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराए।  माओवादीबाट सरकारमा सहभागी मन्त्री यादव शहीद रामवृक्ष यादवकी छोरी हुन्।

२० माघमा मन्त्रिमण्डल विस्तार गर्दा मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफूसँगै राखेका थिए। उनले यसअघि २९ पुसमा ३ जना मन्त्री नियुक्त गरेर सरकार गठन गरेका थिए। २० माघमा पनि ६ मन्त्री र ३ राज्य मन्त्री थपेर सरकार विस्तार गरेका थिए।

अब मधेश सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ राज्यमन्त्री गरी १४ सदस्यीय मन्त्रिपरिषद् भएको छ।​ मधेशमा पछिल्लो पटक नेकपा माओवादी केन्द्रबाट एक मन्त्री तथा एक राज्यमन्त्री सरकारमा प्रवेश गरेपछि सरकारले पूर्णता पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.