|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।

बालकोटमा अहिले राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान राख्दै आएको छ। प्रचण्डले भने आफ्नो रोजाइको पात्रलाई राष्ट्रपति बनाउन चाहेका छन्। 

यसैबीच बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन्। यस विषयमा पनि छलफल हुने बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि दुई शीर्ष नेताबीच राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि रिक्त रहेको मन्त्रालयको विषयमा छलफल भएको थियो।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा उनीहरूले विभिन्न चरणमा छलफल गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.