|

काठमाडौं : जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्मित नेपाली सिरिज 'लाल बहादुर, द स्पार्क 'को ट्रेलर सार्वजनिक भएको छ। देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरू सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ।

२०७२ सालको विनाशकारी भूकम्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको 'लाल बहादुर, द स्पार्क 'मा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ।

नवीन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा ,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सहनिर्देशन , प्रनुप थापाको संवाद , इसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, विवेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ।

फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेन्कसनको युट्युव च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.