|

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाले आफूले प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणलाई प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइ गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालका अनुसार असारे विकास अन्त्य गर्नका लागि सबै वडाध्यक्षलाई योजना सम्झौता छिटोछरितो गर्न अनुरोध गरिएको छ।

सेवाग्राहीको गुनासो वा जिज्ञासा बारे पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले सम्बोधन गरेका थिए। उनका अनुसार आगामी दिनमा सेवा सुधारका लागि मार्ग निर्देशन, नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिलाउने लगायतका विषयमा छलफल गरिएको छ।

कार्यक्रममा पातारासी गाउँपालिकामा रहेको उच्च स्थानमा मार्सी धान फल्ने ज्युला बारे चर्चा समेत भएको छ। गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा, सचेतनाका कार्यक्रमलाई समेत प्राथमिकता दिएको पालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कृषि क्षेत्रको सम्भावना बोकेको पातारासीमा उत्पादनमुखी काम गर्नुपर्ने बताए। उनले साना किसान मारमा परेकाले पालिकाले कृषि नीति बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै पातारासी गाउँपालिकाको २०७८।७९ को प्रस्तावित आय ४८ कारोड ७५ लाख ५५ हजार १३० रहेको थियो भने वास्तविक आय ४५ करोड ३७ लाख ३९ हजार ९४७ रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.