|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भनी प्रश्न गरेका छन्।

सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको बताएका छन्। एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भन्ने अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणाले  के सन्देश दिन खोजेको प्रष्ट नभएको उनको भनाइ छ।

उनले प्रश्न गरेका छन्,देश कता जाँदैछ? कस्तो शासनव्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?

एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?

— Dr Shekhar Koirala (@Shekharnc) February 13, 2023

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.