|

सुर्खेत : सोमबार बिहानैदेखि सुर्खेतको वीरेन्द्रनगर अशान्त रहेको छ। गाडीको ठक्करबाट आइतबार जाजरकोटकी नदी रावतको मृत्यु भएपछि सोमबार बिहानैदेखि कर्णाली प्रदेशको राजधानी अशान्त भएको हो।

आन्दोलनले उग्र रुप लिएपछि मंगलगढी चोकमा  एकजना प्रहरी घाइते भएका छन्। आन्दोलनकारीको ढुङ्गा प्रहारबाट प्रहरी घाइते भएका हुन्।

प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरी आन्दोलनमा तैनाथ गरिएको छ।

आन्दोलनकारीले मृतकका आफन्तलाई राहत दिनुपर्ने माग राखेका छन्। आन्दोेलनको रिर्पोटिङ गर्न गएका एक पत्रकारसमेत घाइते भएका छन्। आज दिनभर सुर्खेतबाट बाहिर जाने र आउने सबै सवारीसाधन ठप्प भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.