|

कठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ। प्रधानसेनापति शर्मा र उपसहायक विदेशमन्त्री अख्तरबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ। 

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीचको सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास सेनाले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.