|

काठमाडौं : द भ्वाइस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डसम्म पुग्न सफल गायक आर.सी रिमालको नयाँ म्युजिक भिडियो 'देखें तिमीलाई' सार्वजनिक भएको छ।

आर.सीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। वसन्त श्रेष्ठको शब्द रहेको गीतमा आर.सीले नै संगीत भरेका छन् भने देवेश राइले अरेन्ज तथा मिक्सिङ गरेका छन्।

म्युजिक भिडियोमा शीतल सिलवाल र जेनेलिया श्रेष्ठको अभिनय रहेको छ। दिनेश पराजुलीले छायांकन गरेका भिडियोलाई उत्तर रानामगरले निर्देशन तथा सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.