|

काठमाडौँ : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐन संशोधन गर्न माग गरेका छन्।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो माग गरेका हुन्। उनले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामको नियमन गर्न जरुरी रहेको बताए।

उन रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको बताए। सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेल्मेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए।

उनले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा भने पनि त्यसअनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताए।

उनले भने‚ ‘हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ। त्यसले सडक विभागले गरेका कामको नियमन र अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ। रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्नेछ। रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ।’

दुईपाङ्ग्रे सवारीसाधनमा मृत्यु हुनेको मुख्य कारण हेल्मेटको गुणस्तर भएको उनले चर्चा गरे।

उनले भने‚ ‘अधिकांश दुईपाङ्ग्रे सवारीसाधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ। शहरमा सुरक्षित साइकल लेनको कुरा छ। व्यवस्थित फुटपाथको कुरा छ। ह्वीलचियरमैत्री, अपाङ्गमैत्री बनाउने हाम्रो राज्यको निर्देशक। सिद्धान्तले भनेको छ तर हाम्रा कुनै पनि सडक अपाङ्गमैत्री छैनन्‚ त्यसतिर ध्यान दिनुपर्छ। आधुनिक र सभ्य सडक बनाउनु पर्छ।’

सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.