|

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ। ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ।

दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ।

जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट विकशित एच–३ रकेटको प्रक्षेपण प्रणालीमा गडबडी र खराब मौसमका कारण धेरै पटक ढिलाइ भएको छ।

फेब्रुअरी १७ मा जाक्साले एयरफ्रेमको ब्याट्रीबाट यसको मुख्य इन्जिनको कन्ट्रोल युनिटमा केही सेकेन्डका लागि विद्युतीय करेन्ट काटिएपछि प्रक्षेपण रद्द गरेको बताएको थियो।

जाक्सा र मित्सुबिसी हेभी इन्डस्ट्रिजले सन् २०१४ मा संयुक्तरुपमा विकास गरेको रकेटको लागत २०० अर्ब येन (करिब १.४६ अर्ब अमेरिकी डलर) रहेको छ।

दाइची–३ भूउपग्रहलाई विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन प्रयोग गरिने बताइएको छ। नयाँ रकेटले आफ्नो पूर्ववर्ती रकेटको तुलनामा लगभग ३० प्रतिशत बढी भारी बोक्न सक्ने बताइएको छ। प्रक्षेपणको लागत ५० प्रतिशत कम हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.