|

काठमाडौं  :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले हराएको छ। 

गएराति भएको खेलमा आर्सनलले फुलहमलाई हराएको हो। जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।

गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ। 

यस्तै, गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले एकएकको बराबरी खेलेका छन् भने न्यूक्यासलले वुल्भ्स्लाई २–१ गोल अन्तरले हराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.