|

सल्यान : भरूवा बन्दुक एक्कासी पड्किँदा एकजना किशोरको मृत्यु भएको घटनाका फरार ४० वर्षीय आइते रावत पक्राउ परेका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका रावत स्वाराज्युलामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउमा परेका रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए।

सोमबार बेलुकी शिकार खेल्न घरनजिकैको जंगलमा गएको समयमा आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किँदा साथमा गएका १६ वर्षीय किशोर चित्रबहादुर रावत घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल कारागाउँ सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

बन्दुक पड्किँदा रावतको पेट र घाँटीमा गोली लागेको थियो। चित्रबहादुरको मृत्यु भएपछि आइते फरार भएका थिए। रावतले बोकेको भरुवा बन्दुक भने अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.