|

काठमाडौं : म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  गएराति भएको खेलमा रियल बेटिसलाई १–० ले पराजित गर्दै युनाइटेड समग्रमा ५–१ ले अगाडि रह्यो।

बिहिबार राति युनाईटेडको जितमा मार्कोस रासफोर्डले निर्णायक गोल गरे।खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेका थिए। 

यस सिजन युरोपा लिगमा रासफोर्डले ६ गोल पुरा गरेका छन्। युनाईटेडले गोल गर्नुअघि घरेलु टोलीले रियल बेटिसले पेनाल्टीको अवसर पाएको थियो। तर टिमका कप्तान जोकिन साको प्रहार पोस्ट बाहिर रहन पुग्यो।  गत हप्ता भएको पहिलो लेगको खेलमा इरिक टेन हागको टिमले ५–१ को शानदार जित निकालेको थियो।

युनाईटेडले युरोपा लिगमा अन्तिम ८ मा स्थान बनाउँदा अर्को इङ्लिस क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ। 

दोस्रो लेगको खेलमा दुवै टिमले १–१ को गोलको बराबरी खेलेपछि नतिजा समग्रमा ३–३ को निस्किएको थियो। पेनाल्टी सुटआउटमार्फत भएको खेलको निर्णयमा आर्सनल ५–३ गोल अन्तरले पराजित बन्यो।

प्रतियोगिताको क्वार्टरफाइनल ड्र आज हुनेछ। इंग्सिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल भने भाग्यमानी रहेन र टाइब्रेकरमा स्पोर्टिङ लिस्वनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। इमिरेट्समा भएको दोस्रो लेगको खेल १–१ को बराबरी रह्यो।

यससँगै दुवै टिम समग्रमा ३–३ को बराबरीको स्थितिमा रहेको थियो। लिस्वन टाइब्रेकरमा ५–३ ले विजयी रह्यो। अन्य खेलबाट फायनउड, सेभिया, युभेन्ट्स, बायर लेभकुजन, एएस रोमा र युनियन सेन्ट गिलोस पनि अन्तिम आठको चरणमा पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.