|

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेको नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिसहित एमालेनिकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ।

सभापतिमा रेखा घटाल विजयी भएकी छन्। उनले ७१ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघ-अखिल क्रान्तिकारीका साझा उम्मेदवार कविता चन्दले ६० मत ल्याइन्।

सचिवमा अनेरास्ववियुकै अहिल्या ठकुराठी (७५), कोषाध्यक्षमा अनेरास्ववियुकै गिता घटाल (७४), सदस्यमा अनेरास्ववियुकै पूजा रावत, आशा साउद, सावित्री जोशी विजयी भएका छन्।

यसअघि श्रीकोट बहुमुखी क्याम्पसमा पनि सभापतिमा शम्भु गिरीसहित अनेरास्ववियुको प्यानलै विजयी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.